0
Shares
काठमाडौं । इरानले इजरायलमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलको ‘मागेन डेविड एडोम’ नामक आपतकालीन सेवाले दक्षिणी सहर अरदमा इरानले मिसाइल हमला गरेको हो ।
आक्रमणपछि ८८ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर छ । जसमा १९ जना मध्यम घाइते र ५५ जनालाई सामान्य चोट लागेको छ ।
हमलापछि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले अरदका मेयरसँग कुराकानी गर्दै यसलाई ‘निकै कठिन साँझ’ भन्दै प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘आजको रात निकै कठिन छ, मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग समन्वय गरेर आवश्यक सबै सहायता उपलब्ध गराउन निर्देशन दिएको छु ।’