सुनको मूल्यमा झण्डै ८ हजार गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । पछिल्लो दिनहरुमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ ।

आज सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।

तोलाको ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार