कांग्रेसमा अन्तर्घात गर्ने पूर्वमन्त्री सहित ४३ जनालाई कारबाही सिफारिस

0 Shares

काठमाडौं । नेपाली कांग्रेस नवलपरासी पश्चिमले ४३ जनामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीका उम्मेदवारहरू भारी मतान्तरले पराजित भएपछि अन्तर्घातको आरोपमा उनीहरूमाथि कारबाही सिफारिस गरिएको हो ।

कारबाही सिफारिसको सूचीमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद जयसवाल, महासमिति सदस्यहरू, क्षेत्रीय तथा वडा तहका पदाधिकारी छन् ।

२१ गते चुनावकै दिन २२ जना नेतामाथि कारबाही गरिएको थियो । केही नेता तथा कार्यकर्ताले निर्वाचनअघि नै पार्टी छाडेका थिए । अहिले जिल्ला सभापति अर्जुन पोखरेलले केन्द्रीय सभापति गगन थापालाई पत्र पठाउँदै नेताहरूमाथि कारबाहीको माग गरेका छन् ।

क्षेत्र नम्बर १ मा विनोद चौधरी रास्वपाका उम्मेदवार विक्रम खनालसँग करिब ३६ हजार मतान्तरले पराजित भएका थिए । यस्तै, क्षेत्र नम्बर २ मा भरत थापा पनि नरेन्द्र गुप्तासँग भारी मतान्तरले पराजित भएका छन् । दुवै क्षेत्रमा पराजयको कारण केही जिम्मेवार नेताहरूको अन्तरघात रहेको जिल्ला कार्यसमितिको ठहर छ ।

सम्बन्धित समाचार