रवि लामिछानेको विषयमा छलफल गर्न कांग्रेस बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संसदीय दल कार्य समितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आजदेखि शुरु हुने संसदको बजेट अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गर्ने बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनु पर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार