काठमाडौं । मधेस प्रदेश सरकार ढल्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै सरकार ढल्ने अवस्थामा पुगेको हो ।
प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेको छ । समर्थन फिर्ता लिँदै दुवै दल सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन् ।
जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भएको हो । स्रोतका अनुसार जनमत पार्टीले पहिला आफूले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेकाले एमाले र मओवादीका नेताले तत्काल सरकार नछाडेका हुन् ।
एमालेले आफूले पहिला मुख्यमन्त्री पाउनु पर्ने र पछि जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल भइरहेका कारण एमाले र माओवादीका मन्त्रीले अहिलेसम्म सरकार नछाडेको अवस्था रहेको र साँझसम्म उनीहरूले सरकार छाडेपछि मधेस प्रदेश सरकार आफै ढल्ने भएको छ ।