मध्येपूर्वको युद्ध प्रभाव: पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

0 Shares

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाब भएसँगै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य चैत १ गते रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।

जसअनुसार, पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ र तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्ने छ ।

डिजेल र मट्टीतेल पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ र तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

सम्बन्धित समाचार