0
Shares
काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश दिएको छ ।
आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भन्दै साह अन्तरिम आदेश माग गरी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले उनको हकमा अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको आदेशसँगै आयोगको निर्णय यथावत रहेको छ । जसअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मात्रिका यादवको सांसद पद कायमै हुने भएको छ ।