पाकिस्तानी अण्डरवर्ल्ड डन अमिरको हत्या, हजुरबुबा र बुबापछि बनेका थिए डन

0 Shares

काठमाडाैं । अण्डरवर्ल्ड डन अमिर बालाज टिपुको पाकिस्तानको लाहोरमा हत्या भएको थियो । उनलाई विवाह समारोहमा गोली प्रहार गरिएको थियो । सो क्रममा आक्रमणकारी पनि मारिएका थिए । टिपु सामान ढुवानी नेटवर्कका मालिक थिए ।

पाकिस्तानी मिडिया डनका अनुसार आमिरको लाहोर र पूरै पाकिस्तानमा हैसियत थियो । उनका बुबा आरिफ अमिर र हजुरबुबा बिल्ला त्रकनवाला पनि गुण्डा थिए । सन् २०१० मा उनको बुबाको पनि गोली हानी हत्या गरिएको थियो ।

‘डन’ रिपोर्टका अनुसार फेब्रुअरी १८ मा लाहोरको चुङ क्षेत्रमा एक विवाह समारोहका क्रममा अज्ञात आक्रमणकारीले बालाज टिपुलाई गोली हानेको थियो । उनी गम्भीर घाइते भए ।

अमिर बालाजको वरिपरि बन्दुक लिएर सधैं पहरेदारहरू थिए । यी अंगरक्षकहरू पनि विवाह समारोहमा थिए । आक्रमणकारीले फायरिङ गरेपछि यी गार्डहरूले जवाफी कारबाही गरेका थिए । जसमा आक्रमणकारी मारिएका हुन् ।

रिपोर्टका अनुसार टिपुलाई घाइते अवस्थामा जिन्ना अस्पतालमा भर्ना गरिएको थियो । यद्यपि, सबै प्रयासहरूको बावजुद उनको मृत्यु भएको हो । त्यसपछि उनका समर्थकहरू अस्पतालमा जम्मा भएका थिए ।

लाहोरमा भएको घटनापछि पाकिस्तान प्रहरीले उक्त क्षेत्रलाई सिल गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीको पहिलो प्रयास आक्रमणको कारण पत्ता लगाउने र त्यसपछि आक्रमणकारीको पहिचान गर्ने रहेको छ । हाल प्रहरीले यस घटनामा कसैलाई पनि पक्राउ गरेको छैन । एजेन्सी

सम्बन्धित समाचार