0
Shares
काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका ३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको छ । घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दुर्घटनाबारे थल विवरण आउन बाँकी छ ।