0
Shares
काठमाडौं । प्रतिनिधिसभामा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार दिएर विजयी भएका महावीर पुनले खर्च सार्वजनिक गरेका छन् ।
पुनका निर्वाचन प्रतिनिधि चित्रबहादुर तिलिजा पुनले सार्वजनिक गरेको विवरणअनुसार उनको चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख छ ।
पुनको चुनावी प्रचार प्रसारमा सबैभन्दा कम मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको छ । सबैभन्दा बढी प्रचार प्रसारमा खटिएको टोलीको खाना र होटलको बासमा खर्च भएको छ । यसमा १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको छ ।
यस्तै, यातायात र मर्मतमा ६ लाख ६० हजार ९९८, डिजेलमा ३ लाख ६० हजार ४९९, प्रचार प्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ र चालक ज्यालामा एक लाख ४० हजार खर्च भएको छ ।
त्यस्तै, मनोनयन दर्तामा १० हजार, स्टेसनरीमा २५ हजार ३ सय र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको छ ।