कान्तिपुरका प्रधान सम्पादक चौहानले दिए राजीनामा

0 Shares

काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।

उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन्। उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए।

चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन्। चौहानले न्यूजरूममा आफूले सोचविचार गरेरै राजीनामा दिएको र समझदारीपूर्वक छाडेको बताएका छन्।

 

सम्बन्धित समाचार