काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख २४ हजार हजार ५२७ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी मत पाएको रास्वपाले ५० लाख तीन हजार १६८ मत पाएको छ । रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९३ हजार ९१, नेकपा ९एमाले०ले १४ लाख ११ हजार ८६३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ६२१, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ३१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २४ हजार ९०९ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७१ हजार ६९७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६६ हजार ४४७ र जनमत पार्टीले ७६ हजार ५४२ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ मतगणना जारी छ ।
प्रत्यक्षतर्फको मतगणना भइसक्दा रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८, एमाले ९, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति तीन, राप्रपा र स्वतन्त्र एक गरेर १६४ क्षेत्रको परिणाम आइसकेको छ । धनुषा –१ को परिणाम भने विवादका कारण सार्वजनिक हुन सकेको छैन ।