काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिममा नेकपाबाट विजयी भएका नेकपा गोपाल शर्मालाई बधाई दिएका छन्।
रुकुम पश्चिममा आफू चुनाव हारेपनि रुकुमेली जनताका आशा अपेक्षाहरू पूरा गर्न, निर्माणाधीन परियोजनाहरूको सम्पन्नता र गरिब, बेरोजगार र विभेद रहित रुकुम बनाउने, सुशासनयुक्त रुकुम बनाउने रुकुमेली जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्ने बताएका छन्।
उनले भनेका छन्, ‘रुकुमका सबै राजनीतिक पार्टीहरूलाई रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूरा गरी रुकुमलाई सामाजिक न्याय र समानता युक्त एउटा समाज निर्माण गर्न समृद्ध रुकुम निर्माण गर्न यहाँहरू सबै एकताबद्ध भएर योगदान गर्नुहुनेछ भन्ने विश्वास छ।’
राजनीतिक अस्थिरता प्रवृत्तिलाई पुरै परास्त गर्ने गरी दुई तिहाइ बहुमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत बधाई दिएका छन्।