रास्वपाबाट महोत्तरी २ बाट साह, झापा १ बाट डाँगी र रौतहट ४ बाट पौडेल निर्वाचित

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे ।

यस्तै झापा १ मा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गतको मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् ।

उनले ४५ हजार ६८० मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।

दीपककुमार ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए । नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए । त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए ।

यस्तै रौतहट ४ मा रास्वपाका पौडेल २१ हजार बढी मतान्तर सहित विजयी भएका छन् । उनले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् ।

उनका निकटक प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८ र नेकपा एमालेका रामजी साह सोनारले ३ हजार ४७८ ल्याए ।

सम्बन्धित समाचार