0
Shares
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले घट्दै एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य ८०० रुपैयाँले घट्दै एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।