रविमाथि छानबिन गर्नेबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेसले शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न आज अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यसअघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचार