काठमाडौंमा रास्वपा गर्‍यो ‘क्लिन स्विप’

0 Shares

काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । कूल ९ वटा क्षेत्रको नतिजा आइसकेको छ । काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसीको विजयी निश्चित छ ।

काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शना निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि पारेका छन् ।

काठमाडौं ३ मा राजुनाथ पाण्ड, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन् । काठमाडौं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित हुँदा ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार