नेपालले टी-२० विश्वकप तयारी गर्न भारतमा मैत्रीपूर्ण खेल खेल्दै

0 Shares

काठमाडौं । नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी-२० विश्वकप तयारीका लागि भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टी-२० प्रतियोगिता खेल्ने छन् । प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्ने छ ।

टी-२० विश्वकपका लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रुपमा पनि रहने छ ।

सम्बन्धित समाचार