0
Shares
सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश कुमार सिंहले फराकिलो मतान्तरले पछि बनाएको छ ।
अमरेश ६ हजार २६४ मत पाउँदा कांग्रेस सभापति थापा ३ हजार ६७१ मत पाएका छन् । यसअघिको मत परिणाम सार्वजनिक हुँदा एक हजार ९६६ मतले पछि परेका गगन पछिल्लो मत परिणाम अनुसार दुई हजार ५९३ मतले पछाडि परेका छन् ।
सर्लाही ४ मा नेकपा एमालेका अमनिश कुमार यादव ८९४ मतसहित तेस्रो स्थानमा छन् । जनमत पार्टीका राकेश कुमार मिश्रले ३८२, नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले ३७७ मत पाएका छन् ।