0
Shares
झापा । प्रतिनिधि सभा निर्वाचनको झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरेमाथि पूर्वउपसभामुख इन्दिरा राना मगर भारी परेकी छन् । उनले घिमिरेलाई करिब १० हजार मतान्तरले पछि पारेकी छन् ।
जारी मतगणनामा रास्वपाकी उम्मेदवार मगर ११ हजार ८६४ मतसहित अग्र स्थान रहेकी छन् । पूर्वसभामुख देवराज घिमिरेले एक हजार ८८८ मत मात्र्र पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार केशव कुमार भण्डारी एक हजार ४१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सरिता प्रसाईंले एक हजार २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ८६९ मत पाएका छन् ।