रास्वपा काठमाडौं उपत्यकाका १५ क्षेत्रमध्ये चार क्षेत्र विजयी अरु क्षेत्रमा अग्रता

0 Shares

काठमाडौं । रास्वपाले काठमाडौ जिल्लाका १० क्षेत्रमध्ये चार क्षेत्रमा विजयी भई सकेको छ । अरु ६ क्षेत्रमा अग्रता लिएको छ । भक्तपुर १ र २ क्षेत्रमा निर्वाचित हुने गरी भारी मतका साथ अग्रता लिएको छ ।

ललितपुर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले लामो समय अग्रता लिएका थिए । गाउँपालिका क्षेत्रमा अग्रता लिएका राणाले ललितपुर महानगर प्रवेश गरेपछि रास्वपाले अग्रता लिएको छ ।

ललितपुर १ बाट रास्वपाकी बुद्धरत्न महर्जनले ७ हजार ९२१ मतले अग्रता लिएकी छन् भने कांग्रेसका राणाले ७ हजार २८७ मत लिएका छन् भने एमालेका चेतनाथ सञ्जेलले ४ हजार ११९ मत ल्याउनुभएको छ । ललितपुर २ बाट रास्वपाका जगदीश खरेलले २२८ मत ल्याएर अग्रता लिनुभएको छ भने एमालेका प्रेमबहादुर महर्जनले १३१ मत ल्याउनुभएको छ ।

ललितपुर ३ बाट रास्वपाकी तोषिमा कार्कीले १४ हजार २८५ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले २ हजार ७०४ मत, नेकपाका राजकाजी महर्जनले २ हजार ५४९ मत ल्याउनुभएको छ ।

सम्बन्धित समाचार