0
Shares
काठमाडौं । रौतहट ४ मा पत्रकार ऋषि धमलाले एक सय मत कटाएका छन् । पछिल्लो मत गणनाअनुसार उनको मोबाइल छाप चुनाव चिह्नले १०२ मत पाएको हो ।
कूल १७ हजार ६९९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ७ हजार ७९१ मत ल्याएका छन् । नेकपाका रामकुमार भट्टराई ३ हजार ३०४ मत ल्याएका छन् ।
कांग्रेसका देवप्रसाद तिमिल्सिना ३ हजार १५४ मतसहित तेस्रो स्थानमा छन् भने एमालेका रामजी शाह १००९ मत ल्याउँदै चौथो स्थानमा छन् ।