0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको सामानुपातिकतर्फको मत गणना सुरु भएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौं १ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ ।
यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमालेले १ हजार १५२, श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् । अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् ।