काठमाडौं ६ मा २० हजार मतान्तरले शिशिर खनाल विजयी

0 Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी २७ हजार ७११ मतसहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले जम्मा ६ हजार ६४७ मत पाए । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मत मात्रै पाए ।

सम्बन्धित समाचार