0
Shares
मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली ९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनका अनुसार मत गणना स्थलनजिकै खाना खाने क्रममा उनी ११ः४५ बजे बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहँदै आएका थिए ।