चुनावअघि पार्टी खोलेका वीरेन्द्र बहादुरले गरे छाडे घोषणा

0 Shares

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’

उनले जेनजी आन्दोलनपछि राजनीतिमा होमिने भन्दै गतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका थिए । जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रुपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका थिए ।

‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन, मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन, अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ,’ उनले भने ।

आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार