0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जनताले ठूलो अपेक्षा गरी मतादेश र जिम्मेवारी दिएको बताएका छन् । हिजो सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बहुमततर्फ अग्रसर भएपछि अझै धेरै मेहनत गर्नुपर्ने उनको भनाइ थियो ।
‘हाम्रो उद्देश्य देशमा सकारात्मक परिणामसहितको परिवर्तन हो, हामीले अझै धेरै मेहनत गर्नुपर्ने छ,’ उनले भने, ‘नेता हैन, सहजकर्ता भएर खट्नु छ, जनताले हामीलाई ठूलो अपेक्षासहित मतादेश र जिम्मेवारी दिएको छ।’
उनले आफूहरूको दुस्मन देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन भएको बताउँदै उम्मेदवार र दलहरू लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र भएको बताए ।