सुरुमै काठमाडौं १० मा रास्वपा हजार मतले अगाडि

0 Shares

काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १० को प्रारम्भिक विवरण प्राप्त भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले एक हजार २४६ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका हिमाल कार्कीले २४७, नेकपा एमालेका विनोद श्रेष्ठले १६८ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ७४ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले २८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार