चितवन २ मा एमालेका अस्मिन अगाडि, रविको मत कति?

0 Shares

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन २ मा एमालेले अग्रता बनाएको छ ।

जारी मतगणनामा चितवन २ अन्तर्गतको इच्छाकामना गाउँपालिकाका ३ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा एमालेका अस्मिन घिमिरेले ७९५ मत पाएका छन् । उनलाई रास्वपाका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् ।

रास्वपाका लामिछानेले ५३१ मत पाउँदा नेकपा प्रताप गुरुङ तेस्रो स्थानमा रहेका छन् । उनले २९५ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत पाएर चौथो स्थानमा रहेकी छिन् ।

सम्बन्धित समाचार