0
Shares
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवनमा ३ मा जारी मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।
शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।