झापा ५ मा खस्यो ४५ प्रतिशत मत

0 Shares

झापा । झापा क्षेत्र नम्बर ५ मा ४५ प्रतिशत मत खसेको छ । मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३७९ मतदाता रहेका छन् । यो क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको १,२,३,४,५,६,७ नम्बर वडा पर्छ । जहाँ ४० हजार ७८६ मतदाता छन् । गौरादह नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८ पर्छ । जहाँ ४१ हजार ४७५ जना मतदाता छन् ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३,४,५,६ पर्छ । जहाँ १५ हजार १२१ मतदाता छन् । त्यसैगरी दमक नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० पर्छ । जहाँ ६५ हजार ९९७ मतदाता छन् ।

यो क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलगायत चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार