चितवनमा भोट हालेर आफ्नो चुनावी क्षेत्र पुगे प्रचण्ड

0 Shares

काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेका छन् ।

चितवन ३ मा पर्ने भरतपुर १४ स्थित प्रहरी स्कुलमा प्रचण्डले मतदान गरेका हुन् । चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने ५ कमलदह पुगेका हुन् ।

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार