0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ ।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडानमार्फत रास्वपाका वरिष्ठ नेता शाहलगायत ५ सदस्यीय टोली झापा उडेको थियो ।
खराब मौसमको कारण हेलिकप्टर डाइभर्ट भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्ड भएको जनाइएको छ । बालनेले बिहान काठमाडौंमा भोट हालेर झापा जान उडेका थिए ।