घाइतेको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन अस्पताल तनावग्रस्त

0 Shares

काठमाडौं । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन मोमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ।

अस्पतालको ढिलासुस्तीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तजले विरोध जनाएका छन्। आफन्तको विरोधका कारण अस्पताल तनावग्रस्त बनेको छ। सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

गएराति गाडी दुर्घटनामा घाइते भएपछि उपचारका लागि ल्याइएका तारा लामिछानेलाई मंगलबार बिहान २ बजे अस्पतालले मृत घोषणा गरेको थियो। अस्पतालको प्रशासन शाखामै कार्यरत उनी सोमबार राति १० बजे धादिङमा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनलाई मनमोहन अस्पताल ल्याइएको परिवारले जनाएको छ।

अस्पताल ल्याएपछि पनि उपचारमा ढिलाइ भएको परिवारजनले आरोप लगाएका छन्। मृतकका भिनाजु दिपकप्रसाद भट्टका अनुसार उनलाई दुर्घटना भएको १ घण्टामा नै अस्पताल ल्याइएको थियो।

उनको टाउको, आँखामा चोट लागेको थियो। अस्पताल ल्याउदासम्म स्वास्थ्य अवस्था सामान्य नै भट्टको भनाइ छ।

आकस्मिक कक्षमा ल्याउँदासम्म बोलिरहेका थिए। तर अस्पतालले आकस्मिक कक्षमा ल्याएको बिरामीको उपचार ढिलो गरेका कारण मृत्यु भएको उनको आरोप छ।

 

सम्बन्धित समाचार