देश मियोबिनाको दाइँ हुनबाट जोगाउन एमालेको जित हुनुपर्छः योगेश भट्टराई

0 Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित हुनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीको चुनावी क्षेत्र झापा ५ मा मत माग्न पुगेका भट्टराईले दमकमा प्रेस चौतारी नेपालका पत्रकारसँग भेटघाटमा उनले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा विकसित चुनौती सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न आवश्यक रहेको बताएका हुन् ।

चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा थप अस्थिरता हुने भन्दै उनले त्यस्ता पात्रले देश मियो बिनाको हुने जोखिम रहेको दाबी गरे ।

जेन्जी आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजिएको भन्दै उनले आन्दोलन देश ध्वस्त बनाउने कार्यमा संलग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेको बताए ।

सम्बन्धित समाचार