झापा ५ बाट रविको दाबी तपाईंहरूले निर्वाचित गर्नुभए संसारकै कान्छो प्रधानमन्त्री बन्नुहुन्छ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झापा ५ को निर्वाचनले एउटा इतिहास लेख्ने बताएका छन् ।

झापा ५ बाट रास्वपाका उम्मेदवार बालेन साहलाई जिताएर देशलाई न्याय गर्ने उनको विश्वास थियो । गाडीको छतबाट भाषण गर्दै उनले भने, ‘यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जनता जागे, तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटो बाटोमा रोकेर भन्नु हुन्छ– बाबु यो देश बचाऊ।’

यस्तै, उनले झापा ५ ले संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीलाई निर्वाचित गर्न लागेको दाबी गरे । उनले थपे, ‘यहाँबाट निर्वाचित हुने तपाईंको उम्मेदवारलाई राष्ट्रिय पार्टीले भावी प्रधानमन्त्रीमा अगाडि सारेको छ। पार्टी सभापतिका रुपमा मलाई गर्व छ। सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीमा बालेन्द्र शाह निर्वाचित भएर जानु हुनेछ।’

उनले बालेन्द्रलाई संसारकै कान्छो प्रधानमन्त्रीका रुपमा बताउँदै गर्दा यसअघि सन् २०१९ मा फिनल्यान्डकी ३४ वर्षीया सन्ना मरिन संसारकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

सम्बन्धित समाचार