आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षा, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

जसका कारण देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार