0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने बताएका छन् ।
झापा ५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष अोलीले चुनावी वातावरणबारे आफ्नो धारणा राखेका हुन् ।
उनले भने, ‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ, मतदान केन्द्रमा पुग्न पाउनुपर्छ, स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ, यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ ।’
उनले कसैले मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरेका थिए ।