जसपा फुटेपछि प्रधानमन्त्रीले भने : मेरो कुनै भूमिका छैन

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाउन आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउँदै देशमा प्रचण्डबाहेक अरु कसलाई देख्छन् ? भन्ने टिप्पणी गरेका थिए ।

अशोक राई नेतृत्वमा जसपा नेपालबाट सात सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।

सम्बन्धित समाचार