0
Shares
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् ।
देशलाई निकास दिन कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने बताउँदै उनले ठूलो पार्टी बन्ने दाबी गरेका हुन् । राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस ठूलो पार्टी बन्ने बताएका हुन् ।
उनले नयाँ ऊर्जा र कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको बताएका थिए ।