एमालेको घोषणा पत्रः सुशासनसँगै देश विकास गर्न एमालेले माग्यो भोट

0 Shares

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणा पत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ ।

विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ ।

घोषणा पत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ संकल्प सार्वजनिक गरिएको छ । अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने संकल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे ।

उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए ।

सम्बन्धित समाचार