कांग्रेसको प्रतिज्ञा पत्रपछि रास्वपाको वाचा पत्र आउँदै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।

घण्टाघर चोक सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने भएका छन् । पार्टीले यसअघि बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।

यसअघि कांग्रेसले बुधबार मात्रै १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार