देशको मुहार परिवर्तन गर्न रास्वपा निर्वाचनमा होमियो: सभापति लामिछाने

0 Shares

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताएका छन् ।

रास्वपाले आज धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले पार्टीले राजनीतिक विकृति र विसंगतिविरुद्ध आवाज उठाइ जनतालाई अधिकार सम्पन्न बनाउने बताए ।

‘हामी कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन,’ उनले भने, ‘देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस हामी पटक निर्वाचनमा आएका हौँ ।’

रास्वपाले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गरे । सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब रास्वपाको काँधमा आएको बताए ।

वरिष्ठ नेता शाहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार