गगनको प्रतिज्ञा: नेपालीलाई पेटभरि खुवाउनेदेखि संसारभर चिनाउनसक्ने किसान बनाउने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण गर्ने बताएका छन् ।

मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउने छौँ, प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ, नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरी चिनाउनसक्ने किसानको नेपालमा बनाउनेछौँ,’ उनले भने ।

यस्तै, उनले नेपाललाई छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नु नपर्ने बनाउने दाबी गरे ।

सम्बन्धित समाचार