0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सुकुम्वासी र गरिबहरूको पक्षमा रहेको दाबी गरेका छन् ।
दमकमा तीन पाङ्ग्रे सवारी चालकसँगको भेटमा आफूले कोही भोकै हुँदैन, कोही भोकै मर्दैन भन्ने नीति लिएर काम गरेको बताएका छन् ।
‘सुकुम्वासी, गरिबका सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ। हाम्रो नीति, कोही पनि भोकै हुनु हुँदैन, कोही पनि भोकै मर्दैन,’ उनले भने, ‘हामीले झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ ।’
उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौं फर्किन लागेको बताए ।