कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

0 Shares

काठमाडौं । आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्य समितिको भर्चुअल बैठक बसेको थियो ।

कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्दै छ । त्यसअघि कांग्रेसले उक्त पत्र पार्टी बैठकबाट पारित गरेको थियो ।

सम्बन्धित समाचार