काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।
नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ८ महिनादेखि कुरिरहेको बताए ।
उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला कतै नलागेकाले आफूलाई घाटा लागेको बताए । आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै उनले नेकपा नफुटाएको जिकीर गरे ।
नेता वामदेवले ओलीकै आगाडि भने, ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन, म तपाईलाई अहिले भन्दा बलियो बनाउन आउने हो, २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाऊ ।’
सोही कार्यक्रममा ओलीले वामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए ।