0
Shares
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
अध्यक्ष यादवले कतारबाटै आफ्नो पक्षमा रहेका नेताहरूलाई फोन गरेर संसदीय दलको बैठक आह्वान गरेका हुन् । उनी नेतृत्वको पार्टी आइतबार फुटेर नयाँ दल बन्ने भएसँगै उनले बैठक आह्वान गरेका हुन् ।
अमेरिकाको न्युयोर्कमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार अमेरिका गएका यादव अहिले कतारमा छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका उनको पार्टी फुटेसँगै विदेशबाट नै बैठक बोलाएका हुन् ।
यादव नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । राई नेतृत्वको समूहले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ ।
यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समयअनुसार मंगलबार राति १ बजे मात्रै स्वदेश आइपुग्ने छन् ।