कोलकोता शीर्ष स्थानमा उक्लियो

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल)अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो । कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६।१ ओभरमा अल आउट हुँदै १३७ रन मात्र बनाएको थियो ।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । यो जितपछि कोलकोता शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौँ स्थानमा छ ।

सम्बन्धित समाचार