काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले साढे ३० अर्बबढी नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको पुष मसान्तसम्म कुल ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रूपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् ।
यो नाफा गत आवको तुलनामा ११.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए ।
नबिल बैंकले चालु आवको पुसमसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले कमाएको नाफा सबैभन्दा बढी हो ।
सर्वाधिक नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा गरेको हो । गत आर्थिक वर्षमा ग्लोबल बैंकले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
त्यसै गरि एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कुमारी बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले चालु आवको यो अवधिमा अत्यधिक प्रगति गरेको छ । बैंकले गत आवको सोही अवधिमा भने २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आवकोभन्दा कम हो । बैंकले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एनएमबि बैंकले पनि चालु आवको पुस मसान्तसम्म १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ । एनएमबि बैंकले कमाएको नाफा गत आवको भन्दा करिब आधाले कम हो । बैंकले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रभु बैंकले पनि चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंकले कमाएको नाफा गत आवको भन्दा कम हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म ४६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
लक्ष्मी सनराइज बैंकले चालु आवको दोस्रो त्रेमासमा २७ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले चालु आवमा कमाउको नाफा गत आवको सोही अवधिको तुलनामा अत्यधिक कम हो । बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म प्राइम कमर्शियल बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।
सानिमा बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा बढी हो । बैंकले गत आवको सोही अवधिमा १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमासमसम्ममा १३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नफा गत आवको सोही अवधिको तुलनामा कम हो । नाफा गत आवको सोही अवधिको तुलनामा कम भएपनि बैंक सुधारोन्मुख देखिएको छ । गत आवको अन्त्यसम्म ऋणात्मक अवस्थामा पुगेको बैंकले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा सुधारात्मक देखिएको छ ।
हिमालय बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको छ ।